aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । लामिछानेले सामाजिक सन्जालमार्फत् कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

लामिछानेले मंगलबारबाट हल्का ज्वरो आएकोले पिसिआर परिक्षण गर्दा आफु र आफ्नी पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। दुवैको स्वास्थ्य सामान्य रहेको उनले बताएका छन्। ।

उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

प्रतिक्रिया दिनुहोस