aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

‘अधिकांश विदेशी च्यानल चाडै प्रसारण हुन्छन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
‘अधिकांश विदेशी च्यानल चाडै प्रसारण हुन्छन्’
सुदिप आचार्य, प्रबन्ध निर्देशक डिसहोम

काठमाडौं । गत कार्तिक ७ गतेदेखि ‘क्लिन फिड’ लागू भएयता विदेशी च्यानल हेर्न नपाएर निरास भएका आफ्ना ग्राहकहरुलाई डिसहोमले आज एक भिडियो सन्देश मार्फत सम्बोधन गरेको छ । उक्त भिडियो सन्देशमा डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले आगामी दिनमा धेरै जसो विदेशी च्यानलहरु विज्ञापन रहित प्रसारण हुने दावी गरेका छन् ।

शुक्रबारको दिनमा कतिपय च्यानलहरु अन भइसकेका उनले दावी गरेका छन् । उनले भिडियो सन्देशमा भनेका छन, ‘अरु धेरै जसो च्यानलहरु आउने सम्भावना अधिक रहेको छ । सीएनएन,कार्टुन नेटवर्क,वार्नर वादर्स,पोगोसँग सम्बन्धित ४ वटा च्यानल नआउने सम्भावना छ ।’ 

अन्य च्यानलहरु भने आउने धेरै सम्भावना छ । केहि एफटीए च्यानलहरु नआउँने सम्भावन छ । एफटीए च्यानल जस्तै सस्कार, आस्था,अन्य न्युज च्यानलहरु हुन् यी च्यानलहरुको लागि आफ्नो तर्फबाट क्लिन फिड बनाएर नेपालमा ल्याउने कोसिस गर्ने  आचार्यले बताएका छन् ।

डिसहोमको उक्त भिडियो सन्देशमा केवल अपरेटर तथा केवल सेवा प्रदायकहरुका कारण च्यानलहरु नआएको भन्ने कुरा गलत भएको बताउदै आचार्यले भने, ‘हामी केबल प्रदायकहरु मात्रै हांै । हाम्रो काम बोर्डकास्टरहरुले दिएको च्यानलहरुलाई ग्राहकहरु समक्ष पुराउने मात्रै हो । उनीहरुले नै विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलब्ध गराएपछि हामीले प्रसारण गर्ने हो ।’ जुन–जुन च्यानलहरुको बोर्डकास्टरहरुले क्लिन फिडमा दिएरहनु भएको छ त्यो एक दिन पनि नरोकी प्रसारण गरेको उनले दावी गरको छन् । 

क्लिन फिड च्यानलन प्रसारण गर्दा नयाँ टेक्नोलोजि अपनाएर प्रसारण गर्नु पर्ने भएकाले आगामी दिनमा ग्राहकहरुलाई थप शुल्क लाग्न सक्ने उनले संकेत गरे । ग्राहकहरुलाई धेरै पैसा नतिर्ने गरि च्यानलहरु उपलब्ध गराउन बोर्डकास्टरहरुसँग उच्च तहमा वार्ता भइरहे पनि उनले बताए । साथै क्लिन फिड लागू भए यता ग्राहकहरुले यस अवधिमा परेको असुविधालाई क्लिन फिड पूर्ण रुपमा लागू भएपछि सम्बोधन गरिने आचार्यले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस