
एजेन्सी । कोरोना भाइरस संक्रमितबाट लक्षण नभइ विरामी भएकाका बारेमा नयाँ तथ्य बाहिर आएको छ । बेलायतको इन्पिरियल कलेज लण्डन एण्ड मार्केट रिसर्च फर्म इम्पोसिस मोरीले गरेको एक अध्ययनमा यस्तो तथ्य फेला पारेको हो । उक्त अध्ययनका अनुसार लक्षण नदिएका संक्रमितको शरीरमा एन्टिबडी चाडै सकिने बताएको छ । कोरोनाका सिम्प्टोम्याटि विरामीका लागि कोरोना ठिक भइसकेपछि पनि खतरा रहिरने उल्लेख गरेको छ ।
मंगलबार प्रकाशित कलेजको अनुसन्धानका अनुसार ७५ वर्ष उमेरकाभन्दा १८ देखि २४ वर्षका संक्रमित मानिसमा लस अफ एन्टिबडी कम पाइयो । जूनदेखि सेप्टेम्बरमा गरिएको यो अनुसन्धानमा लाखौ मानिसको स्याम्पल लिइएको थियो तर, एन्टिबडी भएका मानिसहरुको संख्या तीन महिनामा २६.५ प्रतिशतले कमी आएको थियो ।
एक जुनियर हेल्थ मिनिस्ट जेम्स बैथका अनुसार, ‘यो अनुसन्धान कोरोना भाइरस संक्रमणपछि विकास हुने एन्टिबडीको बारेमा महत्पूर्ण अध्ययन हो । यसमा एन्टिबडीको नेचरका बारेमा ठूलो फाइन्ड आउट आउन सक्छ । लन्ङ टर्म एन्टिबडीका बारेमा धेरै वैंज्ञानिकहरुले धेरै लुकाइरहेका छन् वैज्ञानिकहरुले पत्ता लगाएका तथ्याहरु बाहिर ल्याएका छैनन ।’
इम्पीरियल स्कूल अफ पब्लिक हेल्थ के पोल एलियटका अनुसार ‘ अहिलेसम्म स्पष्ट छैन कोरोना संक्रमणपछि शरीरमा एन्टिबडीको लेवल कति सयमसम्म रहन्छ । यो अध्ययनमा ३ लाख ६५ हजार र्यान्डमली सेलेक्टेड युवालाई समावेश गरिएको थियो ।
२० जूनदेखि २८ सेप्टेम्बरको बीचमा कोरोना भाइरस एन्टिबोडिजको लागि सबैको घरमा गएर तीन राउन्ड फिंगर प्रिक टेस्ट समेत गराएका थिए । यो अध्ययनले तीन महिनाको अन्तरालमा एन्टिबडी भएका मानिसको संख्या २६.५ सम्म कम भएको देखायो । यसको मतलब बेलायतमा एन्टिबडी भएका मानिसको सख्या ६ प्रतिशतबाट घटेर ४.४ प्रतिशतमा आयो ।
प्रतिक्रिया दिनुहोस