
काठमाडौं । नेपालमा ३५१७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३५१७ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ रहेको छ । संक्रमित मध्ये एक लाख २८ हजार ९५८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४०९६ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस