aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा आज पनि १८८८ जना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
उपत्यकामा आज पनि १८८८ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७८१ जना महिला र ११०७ जना पुरुष गरि १८८८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ रहेको छ । संक्रमित मध्ये एक लाख २८ हजार ९५८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०९६ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ९२० पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस