aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

चीनको छिमेकी देश ताइवानमा २०० दिनदेखि कोरोना छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
चीनको छिमेकी देश ताइवानमा २०० दिनदेखि कोरोना छैन

ताइपेइ ।  ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या शून्य रहेको छ ।  विश्वभरी कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जना मात्रै सङ्क्रमित भेटिएका थिए । 

त्यसैगरी कोरोनाभाइरसका कारण ताइवानमा अहिलेसम्म सात जनाको मात्रै मृत्यु भएको छ । ताइवानमा झण्डै दुइ करोड तीस लाख जनसंख्या रहेको छ । ताइवानमा सबैभन्दा पछिल्लो सङ्क्रमित गत अप्रिलको १२ तारिखका दिन भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सफल देशको रुपमा ताइवानलाई लिन थालिएको छ । 

चिकित्सा सम्बन्धी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दावी गरे । 

प्रतिवेदनहरुका अनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक बृद्धि गर्ने थोरै देशहरुको सूचीमा पनि रहेको छ । महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरुलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएकाले संक्रमण फैलिन नपाएको उनको भनाई छ । 

यस्तो व्यवस्था जनवरीमै लागु गरिएको थियो । साथै ताइवानले शुरुदेखि नै सीमा नाकामा पनि कडाइ गरेको थियो । ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरुको ट्राकिङ गरिएको र शंका लागेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागु गरिएको छ ।एएनआई 

प्रतिक्रिया दिनुहोस