
काठमाडौं । काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५६९ जना महिला र ७८८ जना पुरुष गरि १३५७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ रहेको छ । संक्रमित मध्ये एक लाख ३१ हजार २२२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा २२६४ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस