aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा आज पनि १६२२ जना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
उपत्यकामा आज पनि १६२२ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १६२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६२२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका १३६२ जना, ललितपुरका १६४ जना र भक्तपुरका ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ रहेको छ । संक्रमित मध्ये एक लाख ३४ हजार ८४२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२६४ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ९६० पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस