aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोनाका कारण बाँकेमा थप दुई जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
कोरोनाका कारण बाँकेमा थप दुई जनाको मृत्यु

बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।  

नेपालगन्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस