
एजेन्सी । फेसबुकले अन्ततः एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूको लागि डार्क मोडलाई व्यापक रूपमा रोल आउट गर्न शुरू गरेको छ । कम्पनीका अनुसार फेसबुकको फीचर रूपमा रोल आउट भइरहेको छ ।
उक्त रिपोर्टका अनुसार फेसबुकका प्रवक्ताका अनुसार, “हामीलाई थाहा छ कि व्यक्तिहरू डार्क मोडका लागि सोधिरहेका छन्, र अब उनीहरूले धेरै पर्खनु पर्दैन। चाँडै मानिसहरूले आफ्नो फेसबुक एप सेटिंगमा यो विकल्प देख्न शुुरू गर्दछन् । डार्क मोड समर्थन पहिले नै व्हाट्सएप र फेसबुक मेसेन्जरमा उपलब्ध हुने छ ।
कुनै पनि ह्याकरले व्हाट्सएप च्याट चोर्न सक्नेछैन, केवल यी त५ चीजहरूको ख्याल राख्नु पर्दछ । अग्रिम सर्चदेखि अलवेज म्यूटसम्म यस महिना ४ वटा नयाँ फिचर आएका छन् । अब ल्यावटपबाट पनि भिडियो कल गर्न मिल्ने भएको छ ।
त्यस्तै चाडै नै व्हाट्सएप बिजनेस एपबाट सपिंग समेत गर्न मिल्ने छ भने तपाईंको समूह वा कन्ट्यान्टलाई सधैको लागि म्यूट राख्ने अप्सन पनि आएको छ ।
फेसबुकको डार्क मोड इन्टरफेस, जस्तै इन्स्टाग्राम र मेसेन्जर, पूर्ण रूपले कालो हुनेछैन । तर, लोगो र आइकनहरूको लागि सेतो एक्सेट्सको साथ ग्रेस्केल डिजाइन पाइन्छ । फेसबुकले विस्तारै सबै एपहरूको लागि डार्क मोड समर्थन गर्न शुरु गरेको छ ।
मे महिनामा फेसबुकले सबै प्रयोगकर्ताहरूको लागि डार्क मोडलाई संशोधित र इमर्सिभ डेस्कटप एपमा रोल आउट गरेको थियो । डार्क मोडले प्रयोगकर्ताहरूलाई तल्लो भागमा बढी चम्किलो भएको कारण सामग्री हेर्न सजिलो हुन्छ भने कम प्रकाशमा प्रयोगको लागि स्क्रीन ब्राइटनेस कम गर्न पनि सकिन्छ । अप्रिलमा नै फेसबुक आईओएस र आईप्याडको मुख्य प्लेटफर्मको लागि डार्क मोड विकसित गर्न र डिजाइन गर्न तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस