काठमाडौं । नेपालमा २९३३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २९३३ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार ५०० रहेको छ । संक्रमित मध्ये एक लाख ३७ हजार ५२४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३१५० जना कोरोनामुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस