aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

पछिल्लो २४ घण्टामा १२३ सङ्क्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ कार्तिक २०७७
पछिल्लो २४ घण्टामा १२३ सङ्क्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी कास्की जिल्लाका ७० जना छन् । त्यस्तै गोरखाका ३३, तनहुका नौ, नवलपरासी९बर्दाघाट सुस्ता पूर्व०का छ, बाग्लुङको एक र लम्जुङ र स्याङजाका दुई÷दुई जना छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ८६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ७१ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ४०६ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ३७७ पुगेको निर्देशनालयले जनाएको छ । (

प्रतिक्रिया दिनुहोस