
काठमाडौं । नेपालमा ३११४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३११४ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ रहेको छ । संक्रमित मध्ये एक लाख ३७ हजार ४७६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४१ हजार १३४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३१४२ जना कोरोनामुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १००४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस