aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा आज पनि १४६८ जना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
उपत्यकामा आज पनि १४६८ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४९ जना महिला र ८१९ जना प’रुष गरि १४६८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ रहेको छ । संक्रमित मध्ये एक लाख ३७ हजार ४७६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४१ हजार १३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३१४२ जना कोरोनामुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १००४ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस