aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

थप ३३०९ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
थप ३३०९ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा ३३०९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३३०९ जना नयाँ संक्रमित थपिएका हुन् ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ रहेको छ । संक्रमित मध्ये एक लाख ४४ हजार ९७८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८४४ जना कोरोनामुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १०३४ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस