
काठमाडौं । काठमाडौं उपत्यकामा थप १८७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८७८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ रहेको छ । संक्रमित मध्ये एक लाख ४४ हजार ९७८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३८४४ जना कोरोनामुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १०३४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस