
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकासँग सोधेर औषधि खाने गरेको पाइएको बताएका हुन् ।
प्रवक्ता डा. गौतमले जथाभावी औषधि खाँदा स्वास्थ्यमा नकरात्मक असर पर्ने हुँदा चिकित्सकको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे । उनले होम आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्न फिल्म हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने जस्ता मन भुलाउन र सिर्जनात्मक काम गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस