aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

यी हुन् पाँच सयभन्दा बढी संक्रिय संक्रमित रहेका १३ जिल्लामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
यी हुन् पाँच सयभन्दा बढी संक्रिय संक्रमित रहेका १३ जिल्लामा

काठमाडौं । आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य  छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक,  चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र दाङ  छन् । आज मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । 
 
देशभरमा आज कोभिड–१९ का तीन हजार ३०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै तीन हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् ।
 
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ३० जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३४ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये  मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रतिदश लाख पोजेटिभमा ३५ दशमलव चार हो ।   
 

प्रतिक्रिया दिनुहोस