aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कर्मचारीमा कोरोना संक्रमण भएपछि त्रियुगा नगरपालिकाको कार्यालय बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
कर्मचारीमा कोरोना संक्रमण भएपछि त्रियुगा नगरपालिकाको कार्यालय बन्द

उदयपुर । कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएपछि उदयपुरको त्रियुगा नगरपालिकाको कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरु मध्ये एकै पटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय आजदेखि कात्तिक २८ गतेसम्मको लागि बन्द गरिएको हो ।  

त्रियुगा नगरपालिकाका ८ कर्मचारीसहित  १० जनामा कोरोना संक्रमण

कात्तिक २८ गतेसम्मका अत्यावश्यक काम बाहेक अन्य सेवाहरु बन्द गरिएको त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वजित राईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस