काठमाडौं । आइएमई ट्राभल्स जि।एस।ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको सलाम एयरको आयोजनामा हालै लाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर ९७५० जनाले रक्तदान गरेका थिए । दुर्लभ रक्त समुह भएका भोला सापकोटा पर्यटन व्यवसायि तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेको कम्पनीले जनाएको छ
प्रतिक्रिया दिनुहोस