aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

थप ३०५१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
थप ३०५१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा ३०५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३०५१ जना नयाँ संक्रमित थपिएका हुन् । 
  
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ रहेको छ । संक्रमित मध्ये एक लाख ४८ हजार ४०८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३४३० जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १०५२ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस