
काठमाडौं । पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०५१ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने मृतकको संख्या १०५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३४३० जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख ४८ हजार ४०८ जना पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस