aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ कार्तिक २०७७
थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० निको भए

काठमाडौं । नेपालमा २९०९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २९०९ जना नयाँ संक्रमित थपिएका हुन् ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ रहेको छ । संक्रमित मध्ये एक लाख ५२ हजार ९०८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४५०० जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १०७० पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस