aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले  आइतबार जानकारी दिएको छ । 

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख  भन्दा बढी कोरोना मुक्त भएका छन् ।  

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ६० हजार  ९५८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५६१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार १२१ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७५४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८०८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना सङ्क्रमित भएका छन् । बेलायतमा ४८ हजार ९७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् । 

चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस