aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

प्रदेश १ मा कोरोना उपचार निः शुल्क

  • रासस
    रासस
  • आइतबार, २३ कार्तिक २०७७
प्रदेश १ मा कोरोना उपचार निः शुल्क

मोरङ । प्रदेश  १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ ।  सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुने  छ ।

प्रदेश सरकारको दुई करोड,  महानगरपालिका २५ लाख र  नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडिओ र एयरकन्डिशनसहितको  केन्द्र निर्माण  द्रुतगतिमा अगाडि बढिरहेको छ ।  लक्षणसहितका सङ्क्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
    
सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज उपचार केन्द्रको  अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  निर्माण भइरहेको उपचार केन्द्रबाट सङ्क्रमितहरुको उपचारमा सहज हुने जनाउँदै प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताए । उनले  सङ्घीय , प्रदेशले संयुक्तरुपमा यस केन्द्रको हाताभित्र थप एक सय श्ययाको भेन्टिलेटरसहित विशिष्टीकृत सेवासहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र शुरु गर्ने र झापाको मेची अस्पतालमा ५० श्ययाको भेन्टिलेटरसहितको केन्द्रमा निर्माण भइरहेको जानकारी दिए । 

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले सङ्क्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताए ।  उनले नयाँ निर्माण हुने भेन्टिलेटर उपचार केन्द्रमा २० श्यया  सहयोग गरेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस