aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

थप २८१७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
थप २८१७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं । नेपालमा २८१७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २८१७ जना नयाँ संक्रमित थपिएका हुन् ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ रहेको छ । संक्रमित मध्ये एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८१२ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११०८ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस