aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा आज पनि १५३३ जना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
उपत्यकामा आज पनि १५३३ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५३३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका १२९४ जना, ललितपुरका १६२ जना र भक्तपुरका ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ रहेको छ । संक्रमित मध्ये एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८१२ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११०८ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस