aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना संक्रमणबाट ५६ वर्षीया महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
कोरोना संक्रमणबाट ५६ वर्षीया महिलाको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ ।  सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए । 

मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् । 

एक सातासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस