aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

बिना बिलका ३८ थान मोबाइल सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
बिना बिलका ३८ थान मोबाइल सहित पक्राउ

काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२८७ नम्बरको बसलाई चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गामा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा लुकाई ल्याउँदै गरेका उक्त मोबाइल फेला पारी नियन्त्रणमा लिएको थियो ।

 थप अनुसन्धान गर्ने क्रममा उक्त मोबाइलहरु श्रेष्ठको रहेको खुलेपश्चात महानगरीय प्रहरी वृत्त थानकोट र उक्त प्रभागबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो । 

बरामद मोबाइल सहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सानो गौचर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस