aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

उपत्यकामा आज पनि १४२८ जना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
उपत्यकामा आज पनि १४२८ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३० महिला र ७९८ पुरुष गरि १४२८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ रहेको छ । संक्रमित मध्ये एक लाख ५९ हजार ७२४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १७९८ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११२६ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस