
एजेन्सी । अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन पार्टनर बायोटेक एसईले कोरोना भाइरसको तेस्रो चरणको परिक्षण ९० प्रतिशत सफल भएको दावी गरेको छ । यी दुई कम्पनीहरूले कोरोना महामारीको खोपमा पहिलो यस्तो कम्पनीहरू हुन् जसले खोपको सफल परिणामहरूको ठूलो स्तरमा प्रयोगको तथ्यांक प्रस्तुत गरेका छन ।
नोभेम्बरको तेस्रो हप्तासम्ममा यो खोपको प्रभावकारीताका थप परिणाम बाहिर आउने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार फाइजरले आपतकालमा यो कोरोना खोप प्रयोग गर्न अनुमतिको लागि आवेदन दिन तयारी गरिरहेको छ । यी दुई कम्पनीहरु कोरोना खोप परीक्षणको लागि दौडमा रहेका दशभन्दा ठूलो कम्पनीहरुमध्ये दुई कम्पनी हुन । अन्य चार कम्पनीहरूको खोपका पनि अनुसन्धान भइरहेको छ ।
खोपको प्रयोगका बारे जारी गरिएको तथ्यांक अनुसार कोरोनाको लक्षण नभएको बिरामीहरूलाई दिइएको यो खोप कोरोना रोक्न ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको देखिएको छ । यो परीक्षणमा कोरोनाका बिरामीका ९४ वटा जनामा गरिएको परिक्षणबा पुष्टि भएको हो ।
यस अध्ययनमा, ४३,५३८ जना सहभागी थिए, जसमध्ये ४२ प्रतिशत व्यक्तिहरूले कोरोना भाइरसको सन्दर्भमा धेरै सावधानी अपनाएका थिएनन । यस सम्बन्धमा अझै डाटा संकलन गर्न बाँकी विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन । १६४ जनामा क्लिनिकल परीक्षण गर्न बाँकी छ । ताकि खोपको प्रभावलाई अन्य प्यारामिटरहरूमा पनि मूल्यांकन गर्न सकियोस ।
अबको दुई महिना भित्र यस खोपको पाँच करोड डोज उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्तिमसम्म १ अर्ब ३० करोड डोज तयार हुने कम्पनीको दाबी छ। तर यस खोपलाई शुन्य देखि ८० डिग्री सेल्सियस भन्दा मुनिको तापक्रममा राख्नुपर्ने चुनौती थपिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
अबको दुई साताभित्र आफ्नो खोप नियामकमा लैजाने अवस्थामा कम्पनी रहने समेत दाबी गरिएको छ। त्यो बेलासम्म कुनै पनि देशले यो खोपलाई लिएर अभियान चलाउन पाउनेछैनन। बेलायतले पहिले नै ३ करोड डोजको लागि आदेश दिइसकेको छ।
फाइजरका अध्यक्ष एवं सीईओ डा अल्बर्ट बोरलाका अनुसार विज्ञान र मानवताका लागि ठूलो दिन हो । तेस्रो चरण परीक्षणको परिणामहरूको पहिलो सेटबाट नै खोप कोरोना भाइरस विरुद्ध लड्न प्रभावकारी छ भनेर प्रमाणित भयो । यो खोपले कोरोना प्रकोपबाट बाहिर निष्कन नयाँ आयाम स्थापना गर्ने उनले दावी गरे ।
प्रतिक्रिया दिनुहोस