aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

अमेरिकाका नयाँ राष्ट्रपतिले कोरोनाको नियम परिर्वतन गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
अमेरिकाका नयाँ राष्ट्रपतिले कोरोनाको नियम परिर्वतन गरे

एजेन्सी । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना भाइरस सम्बन्धी नियम परिवर्तन गर्न भनेका छन् । उनले  अमेरिकीलाई मास्क लगाउन अपिल गरेका छन्।

तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी मास्क नै देखिएको हुँदा सबै अमेरिकीलाई अनिवार्य मास्कको प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो टास्क फोर्स घोषणा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस