aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

अवैध ५६ थान मोबाइल बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
अवैध ५६ थान मोबाइल बरामद
फाइलः तस्विर

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ५६ थान मोबाइल आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।     

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा।३ ख ३१०६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा हाइसको छतमा कार्टुनमा उक्त  मोबाइल फेला पारी बरामद गरेको हो । 

बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन  ललितपुर पठइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस