aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा थप १४२० जनालाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
उपत्यकामा थप १४२० जनालाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६०३ महिला र ८१७ पुरुष गरि १४२० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० रहेको छ । संक्रमित मध्ये एक लाख ६० हजार ५७७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८५३ जना कोरोनामुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११४८ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस