
काठमाडौं । पछिल्लो २४ घण्टामा २७३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७३६ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ भने मृतकको संख्या ११४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८५३ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख ६० हजार ५७७ जना पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस