
भैरहवा । भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा लामो समय देखि विद्युतिय लाइन नहुँदा समस्या आएको थियो तर त्यो समस्या अहिले हाएर हल भएको छ ।
औद्योगिकीकरण भइरहेको धकधई क्षेत्रमा ३३ केभिए विद्युत प्रशारण लाइन जोडिएको छ । प्रशारण लाइनको निर्माण काम सकिएपछि आज साझदेखि विद्युत प्रशारण हुँदैछ ।
लाइन प्रशारणको धकधईमा नवनिर्मित ३३÷११ केभिए सब स्टेशन सञ्चालनमा आएको छ । यो लाइन निर्माणले भैरहवा क्षेत्रमा हुँदै आएको विद्युत आपूर्तिको समस्या समाधान हुने विद्युत प्राधिकरणले जनाएको हो । यो प्रशारण लाइन निर्माणमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर चासो दिएका थिए । चर्काे विवाद र अवरोधकाबीच निर्माणको काम सकिएको हो ।
यो प्रशारण लाईनबाट ३२ मेगावाट विद्युत धकधई प्रशारणमा जोडिएको छ । भैरहवाको विशेष आर्थिक क्षेत्र र अन्य उद्योगका लागि सहज विद्युत आपूर्ति यो प्रशारण लाइनबाट हुनेछ । ३३ केभिए प्रशारण लाइनका लागि सात स्थानमा अण्डरग्राउण्ड बनाएको छ । स्थानीयको बिरोधपछि जमिनमुनिबाट विद्युत लाइन लगिएको हो । डवल सर्किट लाइन भएकाले यसले दीर्घकालसम्म फाइदा पुग्ने छ । प्रशारण लाइनमा सात सय ५० पोल गाडिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सागर लुइटेलले जानकारी दिए ।
प्रशारण लाइन योगिकुटी–शिवनगर–भवानीपुर–सुर्यपुरा–ढेकावार हुदै धकईधई पुगेको छ । ३३ किलोमिटर लामो प्रशारण लाइन निर्माणमा बिभिन्न अवरोध सिर्जना भएका थिए । अवरोधका बीच बस्ती, बन, नदी क्षेत्र छिचोल्दै प्रशारण नै शुरु गरिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको यो प्रशारणलाइन सहित अन्य १२ आयोजनामा १ अर्ब ६० करोड लगानी छ । त्रिपुरेश्वर कन्ट्रक्सन जयदुर्गा जेभीले ठेक्का लिएको योगीकुटी–धकधई योजनाको लागत भने २० करोड छ । ०७२ सालमा शुरु भएको योजना करिव चार वर्षपछि सकिएको हो । आज भन्दा दुई वर्ष अगाडि एक कार्यक्रमका बिच उद्योग मन्त्री नवीन्द्र राज जोशिले सेजको उद्घाटन गरेका थिए ।
भैहरवा क्षेत्रमा हुने विद्युत ट्रिपिङ, कम भोल्टेजको समस्या समेत हट्ने भएको छ ।
धकधईबाट विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत पुराउने लाइन समेत अन्तिम चरणमा पुगेको छ । विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलमाफर्त भएको कामको ८० प्रतिशत काम सकिएको छ । यो सकिएसंगै सेजमा समेत विद्युत आपूर्तिको समस्या समाधान हुनेछ । विद्युत नभएको भन्दै सेजमा उद्योग सञ्चालन गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस