aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

दुई सय मोबाइल व्याट्री र डिस्प्ले पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
दुई सय मोबाइल व्याट्री र डिस्प्ले पक्राउ

रुपन्देही । सिद्धार्थनगर नगरपालिका-१२ आवरोडबाट भन्सार छलि भारतबाट ल्याउँदै गरेको करिब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको २ सय ५० थान मोबाइलको व्याट्री र ५९ थान मोबाइलको डिस्प्ले सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका-६ बस्ने २८ वर्षीय संजय जैसवाल र तिलोत्तमा नगरपालिका(१७ बस्ने २६ वर्षीय प्रबिन गैरे रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस