aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

असार १ गते ब्रुमर हस्तान्तरणको लागि चीनबाट ६ जना टोली आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
असार १ गते ब्रुमर हस्तान्तरणको लागि चीनबाट ६ जना टोली आउँदै

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको २ वटा ब्रुमर असार १ गते सभागृहमा उद्घाटन गर्ने भएको छ । ब्रुमर उद्घाटनको दिन उपमेयरको नेत्रित्वमा चीनको छिन्द सिटीबाट ६ जना टोली आउने भएका छन् । 

असार १ गते दिउसको ३ः३० मा सभागृहमा औपचारिक कार्यक्रम गरी बु्रमर हस्तान्तरण गर्ने महानगरपालिकाका इश्वरमान डंगोलले बताए । 

दोस्रो फेजमा सांस्कृतिक कार्यक्रमको १२ वटा आइटमा प्रदर्शनि देखाउने भएको छ । चीनका ६ जना टोली जेष्ठ ३१ गते नै नेपाल आउने भएका छन् । 

महानगरपालिकामा पहिलाको ५ वटा र अहिलेको २ वटा गरी ७ वटा बु्रमर सञ्चालन हुने भएका छन् । ७ वटा ब्रुमर भए पछि अहिलेको रूढ सहित थप रूढ राख्ने महानगरले जनाएको छ । 

अनुदानमा ल्याएको ब्रुमरके पनि पहिलाको बु्रमरको जतिकै क्षमता रहेको छ । महानगरपालिकाले थप २ वटा बु्रमर पनि इटलीबाट मगाउने भएको छ । 

थप दुई वटा बु्रमर पनि २ महिना भित्र काठमाडौं आइपुग्ने प्रवक्ता डंगोलको भनाइ छ । 

काठमाडौं महानगरपालिकाले काठमाडौंको धुलो सफा गर्नका लागि ९ वटा ब्रुमर सञ्चालन गर्ने योजना बनाएको छ । हाल ५ वटा सञ्चालन भएका छन भने बाँकी २ वटा एक

गते देखि सञ्चालनमा आउने र बाँकी २ वटा केही समय पछि सञ्चालनमा आउने महानगरले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस