aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या न्यून

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ कार्तिक २०७७
भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या न्यून

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन यताको सबैभन्दा कम भएको हो ।

यो बीचमा पाँच लाखभन्दा धैरै मानिस सक्रिय सङ्क्रमित अवस्थामा रहने गरेकोमा अहिले पाँच लाखभन्दा कम भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ९४ हजार ६५७ रहेको छ । 

“सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक सङ्क्रमितहरुको संख्यामा पनि कमी आएको छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको संख्या ४४ हजार २८१ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।  मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकै कारणले कम्तीमा ५१२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या एक लाख २७ हजार ५७१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस