
काठमाडौं । काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका ९७६ जना, ललितपुरका २०४ जना र भक्तपुरका ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ रहेको छ । संक्रमित मध्ये एक लाख ६२ हजार २४३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।
पछिल्लो २४ घण्टामा १६६६ जना कोरोनामुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११७४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस