aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सरकारले कारोना परिक्षण र उपचारमा फेरि संसोधन गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ कार्तिक २०७७
सरकारले कारोना परिक्षण र उपचारमा फेरि संसोधन गर्यो

काठमाडौं । सरकारले कोरोना बीमा गरेकाको बाहेक अन्यको निशुल्क परिक्षण र उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना बीमा गरेकाको बाहेक अन्यको निशुल्क परिक्षण र उपचार गर्ने भएको जानकारी दिएका हुन् । 

गौतमले भने, ‘नेपाल सरकारल कोरोना भाइरसको परिक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना भाइसको लक्षण वा चिन्ह देखिएका बिरामीको परिक्षण र उपचारमा निशुल्क गरिनेछ ।’ उनले थपे, ‘तर, उल्लेखित व्यक्तिहरुले कुनै बीमा कम्पनीमा कोरोना बीमा गरेका छन् भने उनीहरुको कोरोना परिक्षण र उपचार बीमाबाट व्यहोरिने छ । ’ 

सक्षम इच्छुक र योगदान गर्न चाहानेहरुले परिक्षण र उपचारमा योगदान गर्न सक्ने गौतमले जानकारी दिए ।  
 

प्रतिक्रिया दिनुहोस