aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना रोकथाम र उपचारमा ६ अर्ब ८१ करोड निकासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ कार्तिक २०७७
कोरोना रोकथाम र उपचारमा ६ अर्ब ८१ करोड निकासा

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि यो आर्थिक वर्षमा ६ अर्ब ८१ करोड रूपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रूपैयाँ विनियोजन गरेको हो।

प्रवक्ता गौतमका अनुसार यसमा हाइ डिपेन्डेन्सी यूनिटका लागि विनियोजन गरिएको ३ अर्ब २५ करोड रूपैयाँ समेत समावेश भएको छ । प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ र जोखिम भत्तावापत १ अर्ब १४ करोड २९ लाख ६ हजार र आईसीयू, भेन्टिलेटर तथा अस्पताल सुदृढिकरणका लागि १ अर्ब २९ करोड ९० लाख निकासा भएको छ । 

प्रतिक्रिया दिनुहोस