aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

प्रदेश १ मा १६ हजार  कारोना सङ्क्रमित निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ कार्तिक २०७७
प्रदेश १ मा १६ हजार  कारोना सङ्क्रमित निको भए

काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् । सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सङ्क्रमित हनेहरुमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई÷दुई, इलाम, तेह्रथुम र भोजपुर एक÷एक र प्रदेश बाहिरका नौ  जना रहेका छन् । यसप्रदेशमा आज ६६२ जना सङ्क्रमित सहित अहिलेसम्ममा  १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ।

प्रतिक्रिया दिनुहोस