
एजेन्सी । पबजी मोबाइल जेम एक नयाँ अवतारमा भारतमा पुनः आउने भएको छ । दक्षिण कोरियाली कम्पनी पबजी निगमले बिहीबार एक घोषणा गर्दै भारतमा नयाँ अवतारमा पबजी पुन शुरु गर्ने भनेको छ । कम्पनीका अनुसार भारतीय बजारको लागि मात्र नयाँ खेल ल्याउने छ । यस पटक चिनियाँ कम्पनीसँग कुनै साझेदारी हुनेछैन ।
पीयूबीजी कर्पोरेशनको मूल कम्पनी क्राफ्टन इन्कले भारतमा १० करोड डलर लगानी गर्ने घोषणा गरेको छ । भारतमा यो लगानी कुनै कोरियाली कम्पनीले गरेको सबैभन्दा ठूलो लगानी हुने दाबी गरेको छ । खेललाई केन्द्रीय सरकारले साइबर सुरक्षा र देशको सार्वभौमिकतालाई खतरा भएको भन्दै बन्द गरेको थियो ।
पीयूबीजी कर्पोरेसनका अनुसार भारतमा स्थानीय भिडियो गेम, ई(खेल मनोरञ्जन र आईटी उद्योगमा लगानी हुनेछ । १०० भन्दा बढी कर्मचारी भारतमा काम दिइने बताएको छ ।
प्रतिक्रिया दिनुहोस