aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

थप १९४६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ कार्तिक २०७७
थप १९४६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा १९४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९४६ जना नयाँ संक्रमित थपिएका हुन् ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ रहेको छ । संक्रमित मध्ये एक लाख ७० हजार ६३२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा २५०३ जना कोरोनामुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १२१५ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस