aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोनाका कारण नेपालमा बरिष्ठ दुई डाक्टरहरुको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ मंसिर २०७७
कोरोनाका कारण नेपालमा बरिष्ठ दुई डाक्टरहरुको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म मृत्यु भएकहरुमध्ये ठूला चिकित्सकको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालको पूर्व निर्देशक तथा इशान अस्पतालका अध्यक्ष तथा बरिष्ठ बालरोग विषेशज्ञ डाक्टर नारायणबहादुर थापा र त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झाको मृत्यु भएको हो । 

कोरोना भाइरस संक्रमणका कारण झाको सोमबार र थापाको आइतबार मृत्यु भएको विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमण भएका विरामीहरुको स्वास्थ्य जाँच गर्नेक्रममा चिकित्सकद्वयलाई  संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस