aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

पिफ्जरको अर्को खोप पनि ९० प्रतिशत प्रभावकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ मंसिर २०७७
पिफ्जरको अर्को खोप पनि ९० प्रतिशत प्रभावकारी

एजेन्सी । पिफ्जर कम्पनीले विकास गरेको खोप ९० प्रतिशत प्रभावकारी भएको समाचार सेलाउन नपाउँदै अर्को अमेरिकी कम्पनीले मोडरिनाले विकास गरेको खोप ९५ प्रतिशतसम्म प्रभावकारी भएको सार्वजनिक भएको छ । दुबै कम्पनीले आफ्नो खोपको विकासका क्रममा नयाँ र प्रयोगात्मक विधि अपनाएका थिए ।

मोडरिनाले सो उपलब्धीलाई ‘महान दिन’ भन्दै केही हप्तामा नै सो खोपको स्वीकृतिका लागि आवेदन गर्ने बताएको छ । तर पनि यी तथ्यहरू प्रारम्भिक भएको यसले थुप्रै प्रश्नहरुको उत्तर नदिइएको बताइएको छ ।

पछिल्लो खोपको पहिलो डोज अमेरिकामा ३० हजार मानिसमा दिइएको र चार हप्ताको फरकमा आधा मानिसलाई दोस्रो डोज दिइएको थियो र बाँकीलाई भने ‘डमी’ सुइ दिइएको थियो ।

हाल सार्वजनिक गरिएको विश्लेषण जम्मा ९५ जनामा आधारित रहेको हो त्यस मध्ये मात्र पाँच जनामा कोभिड १९ को लक्षण देखिएको र बाँकी ९० जनामा कुनै लक्षण देखिएको थिएन यस आधारमा खोपले ९४।५ प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता विकास भएको थियो ।बीबीसी

प्रतिक्रिया दिनुहोस