aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

दिल्ली सरकारले विवाहमा जाने जन्तीको संख्या घटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ मंसिर २०७७
दिल्ली सरकारले विवाहमा जाने जन्तीको संख्या घटायो

नयाँ दिल्ली । भारतको दिल्लीमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि पुन लकडाउनको प्रस्ताव गर्न सक्ने संकेत देखिएको छ ।  दिल्ली सरकारले विवाहमा दिइएको छुटलाई फिर्ता लिँदै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अब विवाह समारोहमा २०० भन्दा बढी व्यक्तिको लागि उपस्थित हुन अनुमति फिर्ता लिएका छन । अब ५० जना मात्र विवाह समारोहमा भाग लिन सक्दछन् ।
 
दिल्लीमा पछिल्लो २४ घण्टामा ९९ जना व्यक्तिको मृत्यु भएको छ । जुन महाराष्ट्र भन्दा बढी हो । यसबाट अनुमान लगाउन सकिन्छ कि यस महिना हरेक चार घण्टामा एक जना मान्छे मर्दैछन्। नोभेम्बरमा हालसम्म ११०० भन्दा बढी मानिस दिल्लीमा कोरोनाबाट आफ्नो ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म कोरोना कारण ८८ लाख ७४ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।  हालसम्म देशमा एक लाख ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाबाट  सबैभन्दा बढी प्रभावित राज्यहरू दिल्ली, महाराष्ट्र, पश्चिम बंगाल, केरला हुन । यी राज्यहरूमा कोरोनाका सबै भन्दा नयाँ संक्रमित थपिदैछन । 
 

प्रतिक्रिया दिनुहोस