aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आन्तरिक पर्यटन प्रवद्धनका लागि गीत छायांकन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ मंसिर २०७७
आन्तरिक पर्यटन प्रवद्धनका लागि गीत छायांकन

काठमाडौं। दमौलीको मानुङ डाँडा आन्तरिक पर्यटनका दृस्टीले प्रसिद्ध भएको छ । त्यही मानुङ डाँडाको मनोरम स्थानमा  छायांकन भएको चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर यु ट्युब मार्फत सार्वजनिक गरिएको छ ।

तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको चलचित्र ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो । सार्वजनिक रास्ट्रभावले ओतप्रोत हाम्रो धर्तिु बोलको गीतमा गायिका मेलिना राइको स्वर कविराज गहतराजको नृत्य निर्देशन ,राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द रहेको छ। उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।

नेपाली चलचित्रको इतिहासमा रास्ट्रिय झण्डाको व्यापक प्रयोग गरि दृश्य छायांकन गरिएको सम्भवत यो नै पहिलो पटक हो। झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र रास्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ ।

गीतमा तनहुको मानुङ डाडाको मनोरम दृश्य बडो रोचक ढंगले दृस्यान्कन गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य  कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको  कलाकारिता देख्न सकिन्छ। सार्वजनिक गीतले अहिलेको बिश्व परिवेशमा रास्ट्रभक्ती ,स्वतन्त्रता ,नेपाल र नेपालको अभिभाज्य मन मुटु र झन्डाको महिमा अभिव्यक्त गरिएको छ ।

दिब्यराज सुवेदीले छायांकन गरेको चलचित्र 'आर्या'मा राम सिटौला र शशि बिक्रम थापाको संगीत,मिलन श्रेष्ठको सम्पादन,कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ। चलचित्रमा शिल्पा पोखरेल,अनुप बिक्रम शाही,प्रकाश शाह,रवि गिरि,सुशील पोखरेल,गीता अधिकारीलगायतको अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनुहोस