
काठमाडौं । गत २४ घण्टामा देशभरि तीन हजार एक सय १२ जना नयाँ कोरोना भाइरस परिक्षण गरिएकोमा पाँच सय २ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो ठूलो चाड तिहार भएका कारण परीक्षण घटेको हो ।
यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छन ।
प्रतिक्रिया दिनुहोस